काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट बाहिरिएका छन् ।
जेनजी प्रदर्शन चर्किएपछि उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि गत २४ भदौदेखि नेपाली सेनाको ब्यारेकमा बस्दै आएका थिए ।
बालकोटस्थित ओलीको घर भने प्रदर्शनकारीले जलाएका छन् । सुरक्षा स्रोतका अनुसार ओली भक्तपुरको गुण्डुस्थित भाडाको घरमा सरेका छन् ।
एमाले पोलिब्युरो सदस्य महेश बस्नेतले ओलीलाई भव्य कार्यक्रम मार्फत् सार्वजनिक गरिने सार्वजनिक बक्तव्य नै दिएका छन् ।