Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जेनजी प्रदर्शनको असर : बिमा कम्पनीमा २० अर्ब ७० करोड रुपैयाँको दाबी

जेनजी प्रदर्शनको असर : बिमा कम्पनीमा २० अर्ब ७० करोड रुपैयाँको दाबी

बिहिवार , आश्विन २, २०८२

काठमाडौं । भदौ २३ र २४ गते जेनजीको प्रदर्शनमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । प्रदर्शनमा देशभर सरकारीदेखि निजी सम्पत्ति तोडफोड र आगजनी गरिएको थियो ।

बिमा गरेका केही भौतिक सम्पत्तिको विवरण सार्वजनिक गर्न थालिएको छ । नेपाल बीमा प्राधिकरणकाअनुसार हालसम्म विभिन्न निर्जीवन बीमा कम्पनीहरूमा १ हजार ९८४ वटा दाबी परेका छन्। जसको दाबी रकम करिब २० अर्ब ७० करोड रुपैयाँ भन्दा बढी रहेको छ।

बीमा कम्पनीमध्ये सबैभन्दा बढी दाबी दि. ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडमा परेको छ। सो कम्पनीमा ४० वटा दाबी दर्ता भई दाबी रकम करिव ५ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। दोस्रो स्थानमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडमा परेको छ। जसमा २ सय ५८ दाबी दर्ता भई करिव ४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ।

त्यसैगरी, शिखर इन्स्योरेन्समा २६६ दावी भई २ अर्ब ३९ करोड रुपैयाँ दाबी भएको छ भने आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा २४ वटा दाबी बापत एक अर्ब ५९ करोड ६ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २३३ वटा दाबी बापत एक अर्ब ४७ करोड ५५ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्समा १९६ वटा दाबी बापत एक अर्ब १५ करोड ६२ लाख रुपैयाँ र नेको इन्स्योरेन्समा ४० वटा दाबी बापत एक अर्ब नौ करोड ५३ लाख रुपैयाँको कुल प्रारम्भिक बीमा दाबी परेको छ।

नेपाल बीमा प्राधिकरणकाअनुसार सानिमा जिआइसी इन्स्योरेन्समा १२९ वटा दावी बापत ७८ करोड ९३ लाख रुपैयाँ, सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा १७२ वटा दाबी बापत ४९ करोड ५१ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्समा १७० वटा दाबी बापत ४८ करोड ५१ लाख रुपैयाँको कुल प्रारम्भिक बीमा दाबी परेको छ।

नेपाल इन्स्योरेन्समा ७९ वटा दावी बापत ४६ करोड ९४ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्समा १५१ वटा दावी बापत ३८ करोड ५८ लाख रुपैयाँ, प्रभु इन्स्योेरेन्समा ६९ वटा दावी बापत १९ करोड १८ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्समा १९ वटा दाबी बापत ६ करोड ८२ लाख रुपैयाँको कुल प्रारम्भिक बीमा दाबी परेको छ।

साथै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा नौ वटा दावी बापत एक करोड १३ लाख रुपैयाँ, स्टार माइक्रो इन्स्योरेन्समा ६ वटा दाबी बापत ६७ लाख रुपैयाँ, नेपाल माइक्रो इन्स्योरेन्समा १५ वटा दाबी बापत ५६ लाख रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्समा ८ वटा दावी बापत ४२ लाख रुपैयाँको बीमा दावी परेको छ। तोडफोड र आगजनीबाट भएको क्षतिको विवरण संकलन गर्ने कार्य जारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077