Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

गैडहवा तालमा डुबेर दुई जनाको मृत्यु

गैडहवा तालमा डुबेर दुई जनाको मृत्यु

बिहिवार , आश्विन २, २०८२

रुपन्देही । रुपन्देहीको गैडहवा तालमा पौडी खेल्दा स्थानीय दुई युवकको डुबेर मृत्यु भएको छ ।

मृत्यु हुने युवकमा गैडहवा गाउँपालिका–१ असिधहवाका १८ वर्षीय दिपेश थारु र उनका साथी अरुण थारु छन् ।

रुपन्देहीको गैडहवा गाउँपालिका ६ मा रहेको तालमा दुबै जना बुधबार चार बजेतिर गैडहवा तालमा पौडी खेल्न गएका थिए ।

इलाका प्रहरी कार्यालय सूर्यपुराका अनुसार दिपेश थारु तालमा पौडी खेल्ने क्रममा डुब्न थालेपछि उनलाई बचाउन अरुण थारु पनि तालमा पसेका थिए ।

तर दुबै जनाले ज्यान गुमाएका छन् । उनीहरु बुधबार बिहान करिब ११ बजे घरबाट गैडहवा ताल घुम्न निस्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077