काठमाडौं । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार रुकुमपूर्व र बागलुङको सीमा क्षेत्रको पातिहाल्ने भञ्जयाङलाई केन्द्र बनाएर ४ दशमलव ६ म्याग्नेच्यूटको भूकम्प गएको हो ।
८ बजेर २५ मिनेटको समयमा कम्पन महसुस गरिएको केन्द्रले जनाएको छ ।