काठमाडौं । नेपाल सरकारका दुई मन्त्री बुधबार साँझ नेपाल प्रहरी अस्पताल पुगेका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना, यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङ र गृहमन्त्री तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले त्यहाँ उपचाररत जेनजी आन्दोलनका घाइतेहरूलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
मन्त्रीद्वयले उपचाररत प्रहरी र सर्वसाधारणसँग भेट गरी शीघ्र स्वास्थ्यलाभको कामना गरे । हाल सो अस्पतालमा १६ जना प्रहरी र एक जना सर्वसाधारण घाइतेको उपचार भइरहेको छ ।
साथै, मन्त्रीहरूले घाइतेहरूको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरूसँग आवश्यक परामर्श पनि गरेका छन् ।