Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कोटेश्वरको भाटभटेनीमा जलेको अवस्थामा शव फेला

कोटेश्वरको भाटभटेनीमा जलेको अवस्थामा शव फेला

बुधवार , आश्विन १, २०८२

काठमाडौं । कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा पनि जलेको अवस्थामा शव भेटिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले डढेको अवस्थामा भेटिएको बताए ।

उनका अनुसार मृतक रामेछाप खाडादेवी गाउँपालिका-६ घर भई ललितपुरको च्यासल बस्ने २२ वर्षीय विकास रसाइली छन्।

मृतकको शव पहिचान गर्न नसकिने अवस्थामा थियो। पोष्टमर्टमको लागि शव टिचिङ अस्पताल लगिएको थियो।
नजिकै सिम समेत फेला परेको थियो। उक्त सिम हेर्दा विकास रसाइलीको रहेको खुलेको हो।

त्यस्तै मृतकका परिवारले पनि विकास हराइरहेको जानकारी प्रहरीलाई गराएका थिए।

योसँगै जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेहरूको संख्या ७४ पुगेको छ । यसअघि चुच्चेपाटीको भाटभटेनीबाट डढेको अवस्थामा ६ वटा शव भेटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077