Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

आगजनी र तोडफोडका घटना सुनियोजित, सत्यतथ्य छानविन हुन्छ : प्रधानमन्त्री कार्की

आगजनी र तोडफोडका घटना सुनियोजित, सत्यतथ्य छानविन हुन्छ : प्रधानमन्त्री कार्की

आइतवार , भाद्र २९, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडका घटना सुनियोजित हुन सक्ने बताएकी छन् ।

पदभार ग्रहण समारोहमा सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् । कार्यक्रममा उनले भनिन्–‘यो प्लान वे, षडयन्त्रै भएको हो कि भन्ने लागेको छ ।’

उनले यसबारे छानबिनपछि सत्यतथ्य बाहिर ल्याउने बताइन् ।

उनले सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, व्यापारिक कम्प्लेक्स लगायतका सरकारी कार्यालयहरुमा भएको आगजनी लज्जास्पद भएको पनि बताइन् ।

पदभार ग्रहण समारोहमा उनले व्यक्तिगत सम्पत्तिमा भएको आगजनीले पनि ठूलो क्षति पुर्याएको बताइन् । अगजनीबाट पीडित बनेको व्यक्ति र व्यापारीहरुलाई सरकारले साथ दिने पनि उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077