Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

प्रधानमन्त्री कार्कीलाई चीनले दियो बधाई

प्रधानमन्त्री कार्कीलाई चीनले दियो बधाई

आइतवार , भाद्र २९, २०८२

काठमाडौं । चीनले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएको छ। चीन विदेश मन्त्रालयले आफ्नो वेबसाइटमार्फत कार्कीलाई बधाइ दिएको हो।

उसले द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन तत्पर रहेको बताएको छ । ‘चीन र नेपालबीच दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ । चीनले सधैँ नेपाली जनताले स्वेच्छाले रोजेको विकास मार्गको सम्मान गर्दछ’, सन्देशमा उल्लेख छ।

चीनले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तलाई अगाडि बढाउन, विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोग बढाउन र द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्न नेपालसँग काम गर्न तयार रहेको समेत बताएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077