Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कार्कीलाई मोदी र दलाई लामाहरुले दिए बधाई, ‘बेडसम्म पुग्ने बिचौलिया’को शंकास्पद भूमिका !

कार्कीलाई मोदी र दलाई लामाहरुले दिए बधाई, ‘बेडसम्म पुग्ने बिचौलिया’को शंकास्पद भूमिका !

आइतवार , भाद्र २९, २०८२

काठमाडौं । सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १४० करोड भारतीयका तर्फबाट बधाई दिंदै भनेका छन् -‘मलाई विश्वास छ नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्ग प्रशस्त गर्नेछन्। नेपालका हरेक व्यक्तिको सराहना गर्छु, यस्तो अस्थिरताको माहौलमा पनि लोकतान्त्रिक मूल्यलाई सर्वोपरि राखे।’

त्यस्तै भारतमा निर्वासित जीबन बिताइरहेका दलाई लामाले समेत कार्कीलाई बधाई दिएपछी चीन झस्किएको छ। किनकि लामाले नेपालका कुनै पनि प्रधानमन्त्रीलाई अहिलेसम्म बधाई दिएको इतिहास छैन ।

शनिवारै बाङ्लादेश सरकारमा प्रमुख सल्लाहकार मोहम्मद युनुसले पनि प्रधानमन्त्री कार्कीलाई बधाई दिएका छन् । श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले पनि एक्समार्फत बधाई तथा शुभकामना व्यक्त गर्दै कार्कीको नेतृत्वमा नेपाललाई स्थायी शान्ति र लोकतन्त्रतर्फ सहज पुनरागमन गराउने विश्वास व्यक्त गरेका छन्।

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफ शुक्रबार साँझ एक्समार्फत नै नेपाली समकक्षी कार्कीलाई बधाई दिएका छन् ।
शनिबार नै नेपालस्थित ब्रिटिस दूतावासले प्रधानमन्त्री कार्कीलाई एक्समार्फत नै बधाई दिएको थियो ।

युरोपियन युनियनकी परराष्ट्र तथा सुरक्षा नीतिका सर्वोच्च प्रतिनिधि एवं युरोपेली आयोगकी उपाध्यक्ष काया कल्लासले पनि शनिबार एक्समार्फत कार्कीको नियुक्तिलाई स्वागत गरेकी छन् ।

नेपालस्थित जापानी दूतावासले पनि शुक्रबार फेसबुकमार्फत नै प्रधानमन्त्री कार्कीको नियुक्तिलाई स्वागत गरेको छ। यस्तै काठमाडौंस्थित अमेरिकी दूतावासले आइतबार एक विज्ञप्ति जारी गर्दै अन्तरिम सरकार गठन भएकोप्रति स्वागत व्यक्त गरेको छ ।

दूतावासले लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताका लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताको प्रशंसा गरेको हो ।
कार्की प्रधानमन्त्री नियुक्त भएको २४ घण्टा बित्नै लाग्दा हालसम्म चीनको प्रतिक्रिया भने आएको छैन ।

यता कार्कीलाई प्रधानमन्त्री बनाउन प्रमुख भूमिका खेल्ने ‘हामी नेपाल’ नामक एनजिओका प्रमुख र जेनजी अभियानका अगुवा सुदन गुरुङ पनि यही बेला बिबादमा तानिएका छन्।

सुदन गुरुङ नेतृत्वको ‘हामी नेपाल’ नामक एनजिओलाई दलाई लामाको बिधार्थी संगठन संस्थामा 'स्टुडेन्ट फर अ फ्री तिब्बत' र बारबरा फाउण्डेशनले करोडौं लगानी गरेको र बालुवाटारमा कार्यालयसमेत खडा गरिदिएको तथ्य सार्वजनिक भएको छ ।

[caption id="attachment_367511" align="alignnone" width="800"] हामी नेपालको वेबसाइटमा रहेको सहयोगीको सूचीमा तिब्बत समर्थकलगायतका संस्थाहरु[/caption]

नेपालमा हुने चीन विरोधी प्रदर्शनमा समेत स्टुडेन्ट फर अ फ्री तिब्बत सक्रिय रहँदै आएको छ । यसको मुख्य सहयोगी संस्था अमेरिकामा रहेको हिमालयन चिल्ड्रेन्स फन्ड हो ।

त्यस्तै केपी ओलीको वेडसम्म पुग्ने बिचौलिया भनेर चिनिएका इन्फिनिटी होल्डिङस्का दीपक भट्टसहित शङ्कर समूहका सुलभ अग्रवाल, साहिल अग्रवाल हामी नेपालको नियमित सहयोगी रहेको उसकै वेबसाइटमा उल्लेख छ।

हामी नेपाल संस्थाले निरन्तर सहयोग गरेको भन्दै उनीहरुलाई सम्मान समेत गरेको थियो। दीपक भट्टले गुरुङको संस्थालाई हालसम्म १२ करोड भन्दा बढी आर्थिक सहयोग गरेको खुलेको छ ।

जेनजी समुह र सुदन गुरुङ नेतृत्वको हामी नेपालले गरेको प्रदर्शनका क्रममा मिनबहादुर गुरुङको भाटभटेनी, उपेन्द्र महतोको घर, चन्द्र ढकालको चन्दागिरी केबुलकार, बिनोद चौधरीको घर, अजय सुमार्गीको बानेश्वरको कम्प्लेस लगायातका उच्च व्यापारिक घरानियाहरुको सम्पतिमा आगजनी हुँदा बिचौलिया भट्ट भने कसरी जोगिए छन् भनेर अहिले सामाजिक संजालबाटै एमाले/काँग्रेसकै कार्यकर्ताले प्रश्न उठाउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077