Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

यस्तो छ पहिलो महिला सरकार प्रमुख कार्कीले पदभार ग्रहण गर्ने कार्यालय (फोटोफिचर)

यस्तो छ पहिलो महिला सरकार प्रमुख कार्कीले पदभार ग्रहण गर्ने कार्यालय (फोटोफिचर)

शुक्रवार , भाद्र २७, २०८२

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने निर्णय भएसँगै देशले पहिलो महिला नेतृत्व पाएको छ ।

राष्ट्रपति कार्यालयमा शुक्रबार साँझ भएको सहमतिसँगै कार्कीको आजै केहीबेरपछि शपथ हुँदैछ । यो सँगै उनी देशको पहिलो महिला नेतृत्वको रुपमा बागडोर सम्हाल्न पुगेकी हुन् ।

कार्कीले पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रचेकी थिइन् ।

प्रधानन्याधीशबाट अवकाशको करिब आठ वर्षपछि कार्यपालिकाको नेतृत्व गर्ने पहिलो महिला सरकार प्रमुखको इतिहास पनि रचेकी हुन् ।

न्यायपालिकामा रहँदा हक्की र इमान्दार स्वभावका कारण उनी चर्चामा आएकी हुन् ।

यसपटक सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको आन्दोलनपछि देशका तीनवटै अंग ध्वस्त भएका थिए भने प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपरेको थियो ।

प्रधानमन्त्रीको राजीनामालगत्तै प्रधानसेनापतिसमेतको सहभागीतामा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएका थिए ।

कार्कीले जेनजीको प्रदर्शनका दौरान भएको क्षतिग्रस्त संरचनाबाट मुलुकलाई नेतृत्व प्रदान गरेर अबको निर्वाचनपछि आउने नयाँ जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्नेछिन् ।

जेनजीको आन्दोलनका क्रममा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय पूर्ण रुपमा जलेर नष्ट भएकाले सरकार प्रमुख कार्कीले नयाँ बनेको गृह मन्त्रालयको भवनमा पदभार सम्हाल्ने तयारी भएको छ ।

कार्कीकै पदभार ग्रहणका लागि आज दिनभर उक्त भवनमा सोफा कुर्सी लगायतका सामानहरु राखिएको थियो ।

तस्विर : रिसभ पाण्डे/अनलाइननेपाल डटकम

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077