काठमाडौं । नेप्से कारोबार असोज २ गतेसम्म बन्द रहने भएको छ। नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले शुक्रबार सुचना जारी गर्दै सो जानकारी दिएको हो।
वर्तमान विषम परिस्थितिलाई ध्यानमा राखेर आउँदो आइतबारदेखि असोज २ गते सम्म कारोबार बन्द गर्न लागिएको नेप्सेले जनाएको छ ।
सूचनामा भनिएको छ 'धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा (० ९१, घ) बमोजिम आज मिति २०८२/०५/२७ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएअनुसार २०८२/०५/२९ देखि २०८२/०/०२ गतेसम्म धितोपत्रको दोश्रो बजार कारोबार बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ ।'