Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

जेनजी प्रर्दशनमा दुई दर्जन होटल क्षतिग्रस्त, २५ अर्बको नोक्सानी

जेनजी प्रर्दशनमा दुई दर्जन होटल क्षतिग्रस्त, २५ अर्बको नोक्सानी

शुक्रवार , भाद्र २७, २०८२

काठमाडौं । होटल संघ नेपालले जेनजी आन्दोलनको क्रममा देशभर करिब दुई दर्जन होटलमा ठूलो क्षति पुगेको जनाएको छ । प्रारम्भिक अनुमान अनुसार देशभरका होटेलहरूमा आर्थिक नोक्सानी करिब २५ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ ।

संघका अनुसार काठमाडौँ उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, विराटनगर, धनगढी, महोत्तरी, तुल्सीपुरलगायतका क्षेत्रमा सञ्चालित स्वदेशी र विदेशी ब्रान्डसहितका चर्चित होटल प्रत्यक्ष प्रभावित भएका छन् ।

प्रारम्भिक तथ्यांक अनुसार काठमाडौंस्थित हिल्टन होटलमा मात्रै करिब आठ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

जसलाई समेत समेट्दा देशभर करिब २५ अर्ब रुपैयाँ बराबरको नोक्सानी भएको अनुमान गरिएको छ ।

संघले भनेको छ कि प्रभावित होटल मर्मत र पुनर्निर्माण नगरी सञ्चालनमा ल्याउन नसकिने भएकाले करिब दुई हजारभन्दा बढी कामदार तथा कर्मचारीको रोजगारीमा प्रत्यक्ष असर परेको छ ।

चाडपर्वको समयमा रोजिरोटी प्रभावित भएकाले होटलले बैँक तथा अन्य वित्तीय संस्थासँगको ऋण तथा आर्थिक दायित्व पूरा गर्न समस्या देखिएको छ ।

प्रदर्शनकारीले काठमाडौं उपत्यकाका होटलसहित पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, तुल्सीपुर, महोत्तरीलगायत ठाउँमा सञ्चालनमा रहेका होटलहरुमा तोडफोड तथा आगजनी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077