Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

अत्यावश्यक कामका लागि बिहान ११ बजेसम्म आवतजावत गर्न पाइने

अत्यावश्यक कामका लागि बिहान ११ बजेसम्म आवतजावत गर्न पाइने

शुक्रवार , भाद्र २७, २०८२

काठमाडौं । अत्यावश्यक कार्यका लागि बिहान ६ देखि ११ बजेसम्म खुला रहेको छ । बिहान ६ बजेसम्म लागेको कर्फ्यु ११ बजेसम्म हटाइएको हो ।

११ बजेपछि साँझ ५ बजेसम्म निषेधाज्ञा लागु हुनेछ । साँझ ५ देखि ७ बजेसम्म खुला रहने नेपाली सेनाले जनाएको छ ।

सेनाले काठमाडौं उपत्यकामा निषेधाज्ञा तथा कर्फ्यु लगाएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा भदौ २८ गते बिहान ६ बजेसम्म निषेधाज्ञा तथा कर्फ्यु लगाएको छ ।

बिहान ६ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म खुला रहने भए पनि ससानो समूहमा मात्र कार्य गर्न सेनाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077