काठमाडौं । उपत्यकामा भोलि पनि दिनभर निषेधाज्ञा र राति कर्फ्यू जारी रहने भएको छ ।
नेपाली सेनाको जंगी अड्डाले मंगलबार विज्ञप्ति जारी गर्दै काठमाडौं, भक्तपुर र ललितपुरमा सुरक्षाको विशेष आवश्यकता औँल्याउँदै यस्तो व्यवस्था गरिएको जनाएको हो ।
विज्ञप्तिअनुसार भोलि बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा लागू हुनेछ । त्यस्तै, बेलुकी ७ बजेदेखि रातभर कर्फ्यू आदेश जारी गरिनेछ ।
तर, बिहान ६ देखि ११ बजेसम्म र बेलुकी ५ देखि ७ बजेसम्म अत्यावश्यक कामका लागि सीमित आवतजावत गर्न पाइने व्यवस्था गरिएको छ ।
सेनाले नागरिकलाई धैर्य र संयम अपनाउन आग्रह गर्दै सुरक्षाका कारण लगाइएको निषेधाज्ञा र कर्फ्यूको कडाइका साथ पालना गर्न अनुरोध गरेको छ ।