Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुग्यो, हजार बढी घाइते

जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुग्यो, हजार बढी घाइते

बिहिवार , भाद्र २६, २०८२

काठमाडौं । जेनजी आन्दोलनका क्रममा अहिलेसम्म ३४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका ४१ अस्पतालमा ३४ जनाको मृत्यु र एक हजार ३६८ जनाको उपचार भएको छ।

निजामती कर्मचारी अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा २, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा १, बयोधा अस्पतालमा २, फ्रन्टलाइन अस्पतालमा २, बी एन्ड सी अस्पताल विर्तामोडमा १, विर्तासिटी अस्पतालमा १, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ र भेरी अस्पतलालमा ४ गरी ३४ जनाको निधन भएको जनाइएको छ।

त्यसैगरी अहिले ३२१ जना घाइतेको भर्ना भई उपचार भइरहेको छ भने ९४९ जना उपचारपश्चात् घर फर्किसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077