Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

बैंकिङ सेवा दिउँसो २ बजेसम्म खुल्ला रहने

बैंकिङ सेवा दिउँसो २ बजेसम्म खुल्ला रहने

बिहिवार , भाद्र २६, २०८२

काठमाडौं । वाणिज्य बैंकहरूले आज दिउँसो २ बजेसम्म बैंक खोलेर सेवा दिने भएका छन्।

भदौ २३ र २४ गतेको अन्दोलनपछि मुलुकभर अवस्था सामान्यिकरण हुन नसकिरहेकोले पनि दिउँसो दुई बजेसम्म सीमित स्थानबाट सेवा दिने भएको हो।

बैंकहरूलाई काठमाडौंमा तीन वटा, भक्तपूर र ललितपूरमा दुई-दुई वटा शाखा खोल्न नेपाल बैंकर्स एशोसिएशनले परिपत्र गरेको छ।

राष्ट्र बैंकले पनि बैंकहरूलाई कर्मचारीबाट आफ्ना सीमित संवेदनशील प्रणाली सञ्चालन गरि अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानी सेवा सुचारु गर्न भनेको हो।

वित्त कम्पनीहरूले भने अवस्था हेरेर साँझ पाँच बजेसम्म बैंकिङ कार्यालय खुला रहने बताएका छन्। एटिएम सेवा भने निरन्तर खुला हुने बैंकहरूले उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077