Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

गभर्नर पौडेलको दुखेसो - मेरो रिस वृद्ध बाआमा बसेको घरमा पोख्ने साथीहरूको फलोस् फुलोस्

गभर्नर पौडेलको दुखेसो - मेरो रिस वृद्ध बाआमा बसेको घरमा पोख्ने साथीहरूको फलोस् फुलोस्

बिहिवार , भाद्र २६, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आफ्ना वृद्ध आमाबाबु बस्ने घरमा आक्रमण भएकोप्रति गहिरो पीडा व्यक्त गरेका छन् ।

चितवनस्थित घरमा भएको आक्रमणको भिडियो शेयर गर्दै उनले कान कम सुन्ने र मुटु शल्यक्रिया गराएकी ८२ वर्षीया आमाको कोठामा पहिलो आक्रमण गरिएको भन्दै आक्रोश पोखेका छन् ।

गभर्नर पौडेलले भनेका छन्, “यो मेरो गाउँको घर हो। गभर्नर भएपछि पनि हरेक हप्ता एक छाक भएपनि बाआमासँग खाना खान पुग्ने गर्थें। अहिले बा ८७ वर्षका हुनुहुन्छ। ६७ वर्षअघि चितवन झर्नुभएका बाका सबै सन्तान यही जन्मिएका हुन्।”

उनी भन्छन्, “जिन्दगीमा मैले कसैसँग एक रुपैयाँ मागेको छैन। चितवनमा सधैँ कक्षामा पहिलो हुन्थेँ। गाउँको असुविधामात्र भएको स्कुल पढेर दाइ अहिले अमेरिकामा प्राध्यापक हुनुहुन्छ, म नेपालमै बसेर केयुमा प्राध्यापक भएँ। यो घर पनि विद्यार्थी हुँदा १५ वर्ष अघि नै बनाइएको हो।”

घरमाथिको आक्रमणप्रति असन्तोष व्यक्त गर्दै उनले भने, “मेरो रिस भैसेपाटीको घर जलाएर नपुगी वृद्ध बाआमा बस्ने चितवनको घरमा पोख्ने साथीहरूको फलोस्–फुलोस्।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077