Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

झलनाथ पत्नी रविलक्ष्मी बोल्नसक्ने अवस्थामा, स्याहारसुसारमा खनाल

झलनाथ पत्नी रविलक्ष्मी बोल्नसक्ने अवस्थामा, स्याहारसुसारमा खनाल

बुधवार , भाद्र २५, २०८२

काठमाडौं । जेनजी आन्दोलनकारीको आगजनीमा परेकी नेकपा एसका नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार बोल्न सक्ने अवस्थामा रहेको कीर्तिपुरस्थित बर्निङ अस्पतालले जनाएको छ । उनी अहिले उपचाररत छिन् ।

नेकपा एसका नेता एवं पूर्वमन्त्री जीवनराम श्रेष्ठले चित्रकारको उनको मृत्यु भएको हल्ला असत्य भएको जानकारी दिएका छन् ।

हिजोको हिंसात्मक प्रदर्शनका क्रममा आन्दोलनकारीले डल्लुस्थित झलनाथको घरमा आगो लगाउँदा चित्रकार भित्रै थिइन् । घरबाट समयमै बाहिर निस्किन नसक्दा उनी आगोमा जलेकी हुन् ।

खनाल भने आगो लाग्नु अघि नै निस्किसकेका थिए । उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्निङ अस्पतालमा राखिएको छ । चिकित्सकले उनलाई खतरामुक्त भनेको बताइएको छ ।

रविलक्ष्मीलाई जिउँदै आगो लगाइयो भन्दै हिजो सामाजिक सञ्जालमा अफवाह फैलाइएको थियो । नेता श्रेष्ठका अनुसार उनी बोल्न सक्ने अवस्थामा छिन् ।

नेता खनाल पनि अहिले अस्पतालमै छन् । उनी श्रीमतीको स्याहारसुसारमा खटिएका छन् ।

चित्रकारलाई जल्दै गरेको घरबाट बेहोसी अवस्थामा बाहिर निकालिएको थियो । त्यतिबेला उनी बोल्ने सक्ने अवस्थामा थिइनन् भने होस पनि थिएन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077