Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पूर्वराष्ट्रपति भण्डारीको निवासमा पनि आगजनी

पूर्वराष्ट्रपति भण्डारीको निवासमा पनि आगजनी

मंगलवार , भाद्र २४, २०८२

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निवासमा आन्दोलनकारीले आगजनी गरेका छन् । मंगलबार भंगालस्थित निवासमा आगजनी गरेका हुन् ।

स्वकीय सचिव राजकुमार राईले भने- 'निवासमा आगजनी भएको छ । उहाँलाई सुरक्षित स्थानमा राखिएको छ ।'

यसअघि शीतलनिवास, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, पार्टीका शीर्ष नेताको घर, कार्यालय लगायतमा प्रदर्शनकारीहरूले लगातार आगो लगाइरहेका छन् । अहिले पनि उनीहरूले आगजनी गर्न छाडेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077