Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

आन्दोलनकारीलाई संयम राख्न डा. सुन्दुक रुइतको आग्रह

आन्दोलनकारीलाई संयम राख्न डा. सुन्दुक रुइतको आग्रह

मंगलवार , भाद्र २४, २०८२

काठमाडौं। वरिष्ठ नेत्र चिकित्सक डा. सुन्दुक रुइतले संयम राख्न जेनजी पुस्तालाई आग्रह गरेका छन्।

असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछाडि हटिसकेको भन्दै उनले सार्वजनिक सम्पत्तिमाथि आगजनी गर्नु र नष्ट गर्नु उचित नहुने बताएका छन्।

सामाजिक सञ्जालमा डा. रुइतले लेखेका छन्- 'परिवर्तनका लागि सडकमा विरोध प्रदर्शन गरिरहनुभएका भाइबहिनीहरु, तपाईंहरुले देखाउनुभएको अदम्य साहसका कारणले असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछाडि हटिसकेको छ। यस्तो अवस्थामा सार्वजनिक सम्पत्तिमाथि आगजनी गर्नु र नष्ट गर्नु उचित हुँदैन।सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हरेक नागरिकको पहिलो दायित्व हो। तसर्थ सार्वजनिक सम्पत्तिको नोक्सानी नगरौं र गर्न नदिउँ। संयम बनौं,’ उनले लेखेका छन्, ‘सबै मिलेर देश जोगाऔं, सबै मिलेर देश बनाऔं।'

उनले सबै मिलेर देश जोगाउनु पर्ने तथा सबै मिलेर देश बनाउनुपर्ने अपिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077