काठमाडौं । महाराजगञ्जस्थित राष्ट्रपति कार्यालय भवनमा आन्दोलनकारीले आगजनी गरेका छन् ।
जेनजीको आव्हानमा भएको आन्दोलनको दोस्रो दिन आज उनीहरूले नेता, पार्टी कार्यालय र प्रमुख प्रशासनिक केन्द्रलाई निशाना बनाएका छन् ।
यसैक्रममा महाराजगञ्जस्थित शीतल निवास छिरेका प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका हुन् ।
प्रदर्शनकारीहरुले केपी शर्मा ओलीदेखि मन्त्री र शिर्ष नेताहरुको निजी निवासमा आगो लगाइदिएका छन् ।
पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री आरजु राणा देउवा र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलमाथि त निर्घात कुटिपिट नै भएको छ ।