विराटनगर । जेनजी प्रदर्शनकारीहरूले विराटनगरस्थित कांग्रेस नेता डा. शेखर कोइरालाको निवासमा आगजनी गरेका छन् ।
विरोध प्रदर्शनका क्रममा नाराबाजी गर्दै आएका प्रदर्शनकारीहरूले निवासको ग्यारेजमा पार्किङ गरिएको सवारीसाधनमा क्षति पुर्याएका छन् ।
हाल डा. कोइराला चीन भ्रमणमा रहेका कारण निवासमा उनी उपस्थित थिएनन् ।
प्रहरी र स्थानीय सुरक्षा निकायले घटनाको प्रारम्भिक अनुसन्धान थालेको छ।