काठमाडौ । नक्सालमा रहेको हिल्टन होटलमा लागेको आगलागीमा मानिसहरु फसेका छन्।
प्रदर्शनकारीले होटल भवनमा आगो सल्काएपछि माथिल्लो तलामा रहेका मानिसहरु फसेका हुन्। उनीहरुको उद्धारको कार्यमा अहिले नेपाली सेना खटिएको छ।
सोमबार २१ जनाको मृत्यु र ४०० भन्दा बढी घाइते हुनेगरी प्रहरीले दमन गरेपछि युवाहरू मंगलबार बिहानैबाट प्रदर्शनमा उत्रिएका छन् ।