Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सर्वोच्च अदालतमा आगजनी

सर्वोच्च अदालतमा आगजनी

मंगलवार , भाद्र २४, २०८२

काठमाडौं । सर्वोच्च अदालतमा पनि आगजनी भएको छ । उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूले सिंहदरबारपछि सर्वोच्च अदालत पनि आगजनी गरेका हुन् ।

उनीहरू बिहानैदेखि विभिन्न शीर्ष नेताका घर, कार्यालय, प्रहरी कार्यालय, संसद् भवन लगायतमा तोडफोड र आगजनी गरिरहेका छन् ।

नयाँ बानेश्वर, जोरपाटी कलंकी आदि ठाउँमा स्वःस्फूर्त रुपमा मानिसहरू सडकमा उत्रिएका छन्। प्रदर्शनकारीहरूले न्यायालयको निष्क्रियता र राजनीतिक पक्षधरता नै आन्दोलन चर्किनुको मुख्य कारण भएको बताएका छन्।

सोमबार १९ जनाको मृत्यु र ४०० भन्दा बढी घाइते हुनेगरी प्रहरीले दमन गरेपछि युवाहरू मंगलबार बिहानैबाट प्रदर्शनमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077