काठमाडौं । सशस्त्र प्रहरी बलकी कुस्ती खेलाडी (सशस्त्र जवान) मृत अवस्थामा भेटिएकी छिन् ।
सशस्त्रका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाका अनुसार खेलकुद शिक्षालय हल्चोकमा कार्यरत २४ वर्षीया जवान भावना चन्द छिन् ।
बैतडीको पंचेश्वर गाउँपालिका–३ घर भएकी चन्द नागार्जुन नगरपालिका–४ सितापाइलास्थित कुमारी टोलमा आफ्नै कोठामा झुण्डिएको मृत अवस्थामा भेटिएकी हुन् ।