Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

किसानको फोनपछि मकैको बोट हेर्न बारीमै पुगे कृषि मन्त्री शाह

किसानको फोनपछि मकैको बोट हेर्न बारीमै पुगे कृषि मन्त्री शाह

आइतवार , भाद्र १५, २०८२

सुर्खेत । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाह आइतबार विज्ञसहितको टोली लिएर किसानको खेतबारीमा पुगेका छन् ।

दैलेखेको गुराँस गाउँपालिका–४ साल्तडाका किसानले मन्त्री शाहलाई मकैमा रोग लागेको भन्दै फोन गरेपछि उनी विज्ञसहितको टोली लिएर मकैबारीमा पुगेका हुन् ।

किसानले फोन गरेको २४ घण्टाभित्रै मन्त्री शाहले आइतबार विज्ञसहितको टोली लिएर किसानको खेतबारीमा लागेको रोगबारे जानकारी लिएका हुन् ।

साल्तडामा मकैको बीउ उत्पादनका लागि ५ हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको मकैमा रोग देखिएपछि किसान चिन्तित बनेका छन्।

वार्षिक ८ टन भन्दा बढी मकैको बीउ उत्पादन हुने क्षेत्रमा गत वर्ष र यस वर्ष रोग लाग्दा ५० प्रतिशत बढी बाली नष्ट भएको किसानहरुले बताएका छन् ।

मन्त्री शाहसँगै फिल्ड अनुगमनमा पुगेका एकीकृत कृषि प्रयोगशाला सुर्खेतका बाली विकास अधिकृत यामबहादुर रानाले उक्त मकैमा जटिल प्रकारको रोग देखिएको बताए।

रानाले उक्त मकैमा थेग्ले, घोगा कुइने र काण्ड कुहिने रोग देखिनुका साथै खाद्य तत्त्वको पनि कमी भएको बताए।

रानाले कृषकले खेती गर्दा अबका दिनमा बाली चक्र प्रणाली अपनाउनु पर्ने, रोग सहन सक्ने क्षमता भएका जातका बाली लगाउनु पर्ने, खेतबारीको सरसफाइ गर्ने र पर्याप्त सिँचाइको व्यवस्था गरी खेती प्रणाली परिवर्तन गर्ने गरेमा रोगबाट बच्न सकिने सुझाव दिए।

यस्तै, अनुगमनपछि मन्त्री शाहले दैलेखको साल्तडा कृषि उत्पादनको लागि सम्भावना बोकेको क्षेत्र भएको बताए।

मन्त्री शाहले प्रदेश सरकारले कर्णालीलाई अर्ग्यानिक प्रदेशको रूपमा विकास गर्न लागिरहेको बताउँदै यसमा किसानहरूले साथ दिनुपर्ने बताए। उनले रासायनिक मलको प्रयोगको कारणले माटोको उर्वराशक्ति ह्रास भएको बताउँदै माटोमा अम्लीयपना वृद्धि भएर माटोले उत्पादन दिन नसक्ने अवस्थामा भएको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077