Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

गेटा मेडिकल कलेजमा डा. केसीले थाले २३ औँ सत्याग्रह

गेटा मेडिकल कलेजमा डा. केसीले थाले २३ औँ सत्याग्रह

आइतवार , भाद्र १५, २०८२

काठमाडौं । डा. गोविन्द केसीले धनगढीस्थित गेटा मेडिकल कलेजमा सत्याग्रह सुरु गरेका छन्।

चिकित्सा शिक्षा सुधारका लागि भन्दै सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २३ औँ सत्याग्रह सुरु गरेका हुन्।

मेडिकल शिक्षा सुधारको लागि लामो समयदेखि सत्याग्रलगायत दबाबमुलक अभियान चलाउँदै आएका केसीले गेटामा पत्रकार सम्मलेन गर्दै छन् ।

गत साउन ३० गते बसेको चिकित्सा शिक्षा आयोगको बैठकले मेडिकल शिक्षामा १ हजार ३५९ सिट थप गर्ने निर्णय गरेको थियो।

चिकित्सा शिक्षा आयोगले २१औं बैठकले गरेको निर्णयअनुसार एमबीबीएसमा १,३५९ सिट थपेर २,६३५ पुर्‍याएको छ । बीडीएसको सिट ६२५ बनाइएको छ । सरकारले चिकित्सा शिक्षातर्फ (एमबीबीएस) को सिट संख्या बढाएको बिरोधमा डा केसीले सत्याग्रह सुरु थालेको जनाएका छन्।

चिकित्सा शिक्षा सुधारको माग राखेर डा गोविन्द केसीले २०६९ देखि अनसन बस्न सुरु गरेका थिए।

gobinda-kc-mag-1756626170.png

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077