काठमाडौं । आज राष्ट्रिय पुस्तकालय दिवस मनाइँदैछ ।
सरकारले विसं २०६५ सालदेखि प्रत्येक वर्ष भदौ १५ गते राष्ट्रिय पुस्तकालय दिवस मनाउँदै आएको हो ।
यो दिवस तत्कालीन राजा गीर्वाणयुद्ध वीरविक्रम शाहको शासनकालमा विसं १८६९ भदौ १५ गते शुक्रबार पुस्तकालय स्थापना गर्ने कानुनमा लालमोहर लगाइएो ऐतिहासिक दिनको स्मृतिमा दिवस मनाउन थालिएको हो ।
यसले नेपालमा पुस्तकालयको सुरुवात भएको तथ्यलाई स्मरण गराउँछ। यस वर्ष पुस्तकालय दिवसको आदर्श वाक्य ‘हाम्रो पुस्तकालयः हाम्रो भविष्य’ तय गरिएको छ ।
देशभर विविध रचनात्मक, शैक्षिक तथा सन्देशमूलक कार्यक्रम आयोजना गरेर यो दिवस मनाइँदैछ।