Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

रमेश भुसालको ‘छालबाटो’लाई पद्मश्री साहित्य पुरस्कार

रमेश भुसालको ‘छालबाटो’लाई पद्मश्री साहित्य पुरस्कार

आइतवार , भाद्र १५, २०८२

काठमाडौं । खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले २०८१ सालको पद्मश्री साहित्य पुरस्कार लेखक रमेश भुसाललाई प्रदान गर्ने भएको छ ।

उनले आफ्नो संस्मरणात्मक नियात्रा कृति ‘छालबाटो’ का लागि पुरस्कार पाउनेछन् ।

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेका अनुसार, यस वर्षको पद्मश्री साधना सम्मान नेपाली शिक्षा परिषद्की अध्यक्ष रमा शर्मालाई अर्पण गरिनेछ।

उनले आफ्नो जीवन भाषा, साहित्य, संस्कृति र कलाको उन्नयनमा समर्पित गरेको भन्दै प्रतिष्ठानले सम्मानको घोषणा गरेको हो ।
त्यसैगरी, पद्मश्री गौरव पुरस्कार यस वर्ष प्राडा अभि सुवेदीलाई प्रदान गरिने निर्णय गरिएको छ ।

यी पुरस्कारको राशि जनही अक्षरेपी तीन लाख रुपैयाँ नगद र सम्मानपत्र रहेको छ। पुरस्कार तथा सम्मान आगामी कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिने प्रतिष्ठानले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077