Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

झापामा स्वीमिङ पुलमा ३३ वर्षीय युवकको शव फेला

झापामा स्वीमिङ पुलमा ३३ वर्षीय युवकको शव फेला

शनिवार , भाद्र १४, २०८२

झापा । झापाको बिर्तामोड नगरपालिका-२ स्थित ग्रीन पार्कको स्वीमिङ पुलमा शुक्रबार एक युवक मृत फेला परेका छन् ।

बिर्तामोड-३ का ३३ वर्षीय प्रकाश प्रसाईँ स्वीमिङ पुलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतक प्रसाईँ पौडी खेल्न शुक्रबार दिउँसो ३ः०० बजे पार्कमा पुगेका थिए । पौडी खेल्ने क्रममा प्रसाईँको मृत्यु भएको पार्क सञ्चालक जीवन ढुङ्गानाले जिल्ला प्रहरी कार्यालय झापालाई जानकारी दिएका थिए ।

घटनाको जानकारीपाछि इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077