बुटवल । लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमान (खान) को निधन भएको छ ।
नगर प्रमुख खानको आज बिहान ९ बजे हृदयघातका कारण निधन भएको लुम्बिनी सांस्कृतिक नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख सजरुद्दिन शुक्रबार मात्रै मलेशिया भ्रमणबाट घर फर्केका थिए ।
आज बिहान स्वास्थ्यमा समस्या आएपछि युनिभर्सल मेडिकल कलेज भैरहवा लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको हो ।
२०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट सांस्कृतिक नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए। उनी ७० वर्षका हुन् ।