Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

कार अनियन्त्रित भई रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

कार अनियन्त्रित भई रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

शनिवार , भाद्र १४, २०८२

चितवन । कार अनियन्त्रित भई रुखमा ठोक्किँदा एकजना चिकित्सकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा विप्लव भट्ट छन् ।

गएराति साढे १ बजे भरतपुर महनानगरपालिका–१० रमाइलो चोकबाट विशालचोकतर्फ जाँदै गरेको बा१५च ४६९३ नम्बरको कार अनियन्त्रित भई रुखमा ठोक्किएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार कार रुखमा ठोक्किँदा भरतपुर महानगरपालिका–२ बस्ने भट्ट घाइते भयका थिए ।

घाइते भट्टको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा आज बिहान मृत्यु भएको हो । कार भट्ट आफैँले चलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077