Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

पहिरो खस्दा पृथ्वी लोकमार्ग अवरुद्ध

पहिरो खस्दा पृथ्वी लोकमार्ग अवरुद्ध

शनिवार , भाद्र १४, २०८२

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० स्थित बाँदरेमोडनजिकै सुक्खा पहिरो खस्दा पृथ्वी लोकमार्ग अवरुद्ध भएको छ ।

आज बिहान ६ः४५ बजेतिर सडकमाथिबाट सुक्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो ।

काठमाडौँ आउजाउ गर्ने मुख्य राजमार्ग बन्द हुँदा अहिले सवारीसाधनको जाम लागेको छ भने यात्रु अलपत्र परेका छन् ।

पहिरो पन्छाएर सडक खुलाउन प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

पहिरो हटाउन जेसीभी प्रयोगका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077