काठमाडौं । सरकार र उखु किसानबीचको वार्ता निष्कर्षविहीन भएको छ । शुक्रबार सिंहदरबारमा भएको वार्तामा कुनै सहमति हुन नसकेको हो ।
वार्तामा कृषिमन्त्री रामनाथ अधिकारीले केही दिन आन्दोलनका कार्यक्रम रोक्न आग्रह गरेका थिए । संघर्ष समितिले भने आन्दोलन नरोकिने तर स्वरुप परिवर्तन गर्न सक्ने जवाफ दिएको थियो ।
वार्तामा आफूहरूले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिनुपर्ने माग राखेको छ ।
कृषि मन्त्रालयको वार्षिक बजेटमा नै दुई अर्ब रुपैयाँ उखु किसानलाई अनुदान दिने भनेर छुट्टाउँदा अर्थ मन्त्रालयले बजेट रोकेको छ ।