काठमाडौं । विद्युतीकरणको माग गर्दै अछामका युवाहरू लाल्टिन बालेर माइतीघर मण्डलामा आज प्रदर्शन गरेका छन्।
बोलन्या थलीद्धारा अछाम तुर्माखादको भुलु र रहफ, ढकारीको बलाता, कमलबजार नगरपालिकाको कवाल्लेक, जामा र फलटानेमा चार हजार परिवारको लागि विद्युतीकरणको माग गर्दै आज लालटिन आन्दोलन गरिएको हो ।
युवाहरूले अछाम जिल्लाको कमलबजार नपारपालिका वडा नम्बर ७ का विभिन्न स्थानकहिले बल्छ बिजुली रु भन्दै सरकारसँग प्रश्न गरेका छन् ।
सरकार र प्राधिकरणको विरोधमा लालटिन प्रदर्शन गरेको बोलन्या थलीका संयोजक यादव जोशीले जानकारी दिए ।