Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

कार्यकक्षमा बेहोस भएर लडेका प्रहरी सहायक निरीक्षकको मृत्यु

कार्यकक्षमा बेहोस भएर लडेका प्रहरी सहायक निरीक्षकको मृत्यु

शुक्रवार , भाद्र १३, २०८२

ताप्लेजुङ । ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) इन्द्र भुजेलको मृत्यु भएको छ।

ड्युटी जाने क्रममा कार्यालय परिवेशबाट बाहिर निस्कँदै गर्दा अचानक बेहोस भइ ढलेका असई भुजेलको मृत्यु भएको हो।

जिल्ला प्रहरी प्रमुख (डिएसपी) बेदप्रसाद गौतमका अनुसार उनी ड्युटीका लागि कार्यालय हाताबाट बाहिर निस्कने क्रममा ढलेका थिए।

उनलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याएपछि उनको निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उनलाई हृदयघात भएको हुनसक्ने अनुमान गरिएको छ। ४५ वर्षीय भुजेलको घर झापा धुलावारी हो भुजेल ईलाका प्रहरी मधुमल्ला बाट २०/२१ दिन अगाडि मात्र सरूवा भएर ताप्लेजुङ गएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077