चितवन । सुक्खा पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।
इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा खसेको पहिरो हटाएर सडक खोलिएको हो ।
यसअघि आजै बिहान ६ः३५ बजे चट्टानसहितको सुक्खा पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध भएको थियो ।
ढुंगा खस्ने क्रम कायमै रहेकाले सावधानी पूर्वक यात्रा गर्न सडक डिभिजन भरतपुरले अनुरोध गरेको छ ।
यसैगरी, हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक पनि अवरुद्ध छ ।
यता, हेटौँडा–काठमाडौं जोड्ने छोटो दूरीको त्रिभुवन राजपथ भने सडक सञ्चालनमा आएको छ ।