Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

शिक्षा विधेयकसम्बन्धी संसदीय समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश

शिक्षा विधेयकसम्बन्धी संसदीय समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश

शुक्रवार , भाद्र ६, २०८२

काठमाडौं । विद्यालय शिक्षा विधेयकसम्बन्धी शिक्षा, विज्ञान तथा प्रविधि समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा समिति सभापति अम्मरबहादुर थपाले उक्त प्रतिवेदन पेस गरेका हुन्।

सभापति थापाले लामो समयपछि परिवर्तन हुन लागेको ऐनले विद्यालय शिक्षाको क्षेत्रमा उल्लेख्य सुधार हुने विश्वास व्यक्त गरे।

समितिले बिहीवारको बैठकबाट पास गरेको थियो।

सभामा पेस भएको उक्त विधेयकमा प्रतिपक्षी दलहरु नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले फरक मत राखेका छन्।

माओवादी केन्द्रले निजी विद्यालयले प्रदान गर्ने छात्रवृत्तिसम्बन्धी व्यवस्था संसदीय उपसमितिको प्रस्तावअनुसार गर्नुपर्ने लगायत पाँचबुँदे फरक मत राखेको छ।

रास्वपाले पूर्ण छात्रवृत्ति आवास सहितको व्यवस्था हुनुपर्ने लगायत ३ बुँदे फरक मत राखेको छ।

यस्तै राप्रपाले निजी विद्यालयलाई गैरनाफामूलक बनाउने भन्नेमा फरक मत राखेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077