Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चितवन पुगेर शाक्यले भने - लोडसेडिङ कतै छैन, कुप्रचार गरियो

चितवन पुगेर शाक्यले भने - लोडसेडिङ कतै छैन, कुप्रचार गरियो

सोमवार , श्रावण १२, २०८२

चितवन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले देशभरी कहीँ कतै पनि लोडसेडिङ नभएको दाबी गरेका छन् ।

चितवनमा लोडसेडिङ भएको हल्लापछि आज भरतपुर पुगेका उनले बढ्दो गर्मी र प्राविधिक समस्याका कारणले विद्युत सञ्जालले लोड धान्न नसकेर लाइन जाने गरेको बताएका हुन् ।

कहिलेकाँही आउने प्राविधिक समस्यालाई लिएर कुप्रचार गरि भ्रम सिर्जना गरेको शाक्यको भनाई छ । उनले पानी नपरेका कारण किसानहरुले खेतमा गाँडेएका बोरिङ्ग सबै एकैपटक चलाउँदा लोड धान्न नसक्दा समस्या आएको बताए । लोडका समस्याका कारण साँझ ५ देखि ९ बजेसम्म पानी तान्ने पम्प नचलाउन भनिएको उनले बताए ।

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले पुरानो भरतपुर वितरण केन्द्रको निरीक्षण पछि विद्युत आपूर्ति बन्दको एक दिने सूचना निकालेर आलोचित बनेको चनौली वितरण केन्द्रको निरीक्षण गर्न गएका छन् ।

शाक्यको सचिवालयका इन्जिनियर नारायण अर्यालका अनुसार शाक्य भरतपुरको अवस्थाका बारेमा सामान्य जानकारी लिएपछि पूर्वी चितवनको राप्तीमा रहेको हर्दी सबस्टेशनमा पुग्ने छन् ।

हर्दीमा आइतबार राति २४ एमभीएको ट्रान्सफर्मर जडान गरी सफलतापूर्वक परीक्षणको काम भइसकेको छ । हर्दी स्टेशनका इन्चार्ज रोशन खनियाँले ट्रान्सफर्मरको काम सकेर चार्ज गर्ने काम सुरु गरिएको बताए ।

उनले अब केही प्राविधिक परीक्षण सरेकर लाइन जोडिने बताए । हर्दी सबस्टेशनबाट २४ एमभीएको ट्रान्सफर्मर जडानपछि पूर्वी चितवनको सबै जसो ठाँउमा यहीँबाट विद्युत सप्लाई गरिने इन्चार्ज खनियाँले बताए ।

यसअघि शनिबार साँझ प्राधिकरणको चनौली वितरण केन्द्रले आज दिनभर चितवनमा बत्ति जाने तालिका सार्वजनिक गरेपछि लोडसेडिङ भएको भन्दै आलोचना भएको थियो ।

चितवनमा हिजो दैनिक ३–३ घन्टा विद्युत आपूर्ति अवरुद्ध हुने सूचना जारी भएको थियो ।

प्राधिकरणले अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढेकोले लोडसेडिङ् गर्नु परेको जनाइएको छ ।

वितरण केन्द्र चनौली अन्तर्गत पर्ने नारायणी–माडी, मेघौली,विजयनगर–शुक्रनगर र जगतपुर–रामपुर फिडरहरूबाट आपूर्ति हुने स्थानमा लोडसेडिङ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077