काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो ।
यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९४ हजार ७०० रुपैयाँ कायम छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ९५ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेको छ ।
चाँदी प्रतितोला दुई हजार ३४० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले छ । बिहीबार चाँदी प्रतितोला दुई हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।