Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेप्से परिसूचक सामान्य अंकले बढ्यो, साढे १९ अर्बको कारोबार

नेप्से परिसूचक सामान्य अंकले बढ्यो, साढे १९ अर्बको कारोबार

बुधवार , श्रावण ७, २०८२

काठमाडौं । शेयर बजार लगातार सातौं कारोबार दिन बढको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव १७ अङ्कले बढेर २ हजार ९ सय ७८ दशमलव ८८ विन्दुमा पुगेको छ ।

आज बैंक, विकास बैंक, होटल, बीमा, माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स समूहको शेयर ३ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

आज ट्रेड टावर र सान्भी इनर्जी कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर भने ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो २० अर्ब ८ करोडको कारोबार भएकोमा आज ३ सय १९ वटा कम्पनीका ४ करोड ४८ लाख कित्ता शेयर १९ अर्ब ५७ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077