Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेप्से एक वर्षको उच्च विन्दुनजिक, कारोबार रकम २० अर्ब नाघ्यो

नेप्से एक वर्षको उच्च विन्दुनजिक, कारोबार रकम २० अर्ब नाघ्यो

मंगलवार , श्रावण ६, २०८२

काठमाडौं । शेयर बजार लगातार छैटौं कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ८० दशमलव ९७ अङ्कले बढेर २ हजार ९ सय ७३ दशमलव ७० विन्दुमा पुगेको छ ।

योसँगै नेप्से ११ महिनायताकै उच्च विन्दुमा पुगेको छ । यसअघि गएको भदौ ६ गते नेप्से २ हजार ९ सय ७४ विन्दुमा पुगेको थियो ।

आज सबै समूहको शेयर बढेकोमा उत्पादन समूहको शेयर ४ दशमलव ६३, जीवन बीमा समूहको शेयर ४ दशमलव ३६ प्रतिशतले उकालो लागेको छ ।

आज ट्रेड टावर, शिवम् सिमेन्ट्स, सान्भी इनर्जी कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन लुम्बिनी विकास बैंकको डिबेन्चर २०८९ झन्डै ४ प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो १६ अर्ब ३२ करोडको कारोबार भएकोमा आज ३ सय १९ वटा कम्पनीका ४ करोड ३५ लाख कित्ता शेयर २० अर्ब ८ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077