काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा अन्य मुलुकसँग नेपालको व्यापार १९।२४ प्रतिशत बढेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षमा नेपालले कुल १८ खर्ब ४ अर्ब रुपैयाँको वस्तु आयात गरेको छ भने निर्यातमा पनि उल्लेख्य बृद्धि गरेको छ ।
यो आयात अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा १३.२५ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्ष १५ खर्ब ९२ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो ।
त्यसैगरी गत आर्थिक वर्ष नेपालबाट कुल २ खर्ब ७७ अर्ब रुपैयाँको वस्तु निर्यात भएको छ । एक वर्षमा भएको यो निर्यात अहिलेसम्मकै उच्च हो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष निर्यात ८१.८० प्रतिशत बढेको विभागले जनाएको छ ।
अघिल्लो आर्थिक वर्ष १ खर्ब ५२ अर्ब रुपैयाँको वस्तु नेपालबाट विभिन्न मुलुकमा निर्यात भएको थियो । तथ गत आर्थिक वर्षमा भने झण्डै तीन खर्बको निर्यात भएको हो ।