Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट कति ?

अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट कति ?

सोमवार , श्रावण ५, २०८२

काठमाडौं । अण्डाको मूल्य बढाइएको छ । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले बढाएको छ ।

संघले साउन ६ गतेदेखि लागु हुनेगरी प्रतिक्रेट १५ रुपैयाँ बढाएर ठूलो अण्डाको मूल्य बढाएर ५१० रुपैयाँ पुर्‍याएको हो ।

यसअघि गत असार २० गते ठूलो अण्डाको मूल्य प्रतिक्रेट ४९५ रुपैयाँ पुर्‍याएको थियो ।

त्यस्तै, मिडियम अण्डाको मूल्य पनि संघले प्रतिक्रेट १५ रुपैयाँ बढाएर प्रतिक्रेट ४८० रुपैयाँ पुर्‍याइएको छ ।

यसअघि मिडियम अण्डाको मूल्य ४६५ रुपैयाँ रहेको संघका सचिव मदन पोखरेलले जानकारी दिए ।

त्यसैगरी चितवनबाट लोड भई देशैभरीको अण्डा बिक्री डिपोमा पुर्‍याउँदा लाग्ने भाडा, कार्टुन र क्रेटसहित प्रतिपेटी १३० रुपैयाँ थप लाग्नेछ ।

यो सबै खर्च समायोजन गरी बजारमा पाउँदै आएको अण्डाको मूल्य निर्धारण हुनेछ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077