काठमाडौं । कर्णाली विकास बैंकको अर्बौं रुपैयाँ अनियमितता भएको प्रकरणमा नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेत पक्राउ परेका छन् ।
बाँकेमा केन्द्रीय कार्यालय रहेको कर्णली विकास बैंकको ४ अर्ब ९० करोड रुपैयाँ अनियमितता प्रकारण्मा सुनसरी स्थायी घर भएका ६१ वर्षीय बस्नेत पक्राउ परेका हुन् ।
उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले काठमाडौंको टोखाबाट पक्राउ गरेको हो ।
यो घोटालामा प्रहरीले संस्थापक अध्यक्ष राजेन्द्रवीर रायलाई भारतबाट पक्राउ गरेर ल्याएको थियो ।
ठगीमा बैंकका पूर्वसीईओ दिनेशकुमार रावत, वित्त विभाग प्रमुख बेदप्रकाश ठकुरी, निरजविक्रम शाह समेतको संलग्नता खुलेको प्रहरी अधिकृतहरूको भनाइ छ ।