Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चालु आवको अन्तिम दिन ३४.६१ अंकले बढ्यो नेप्से, कारोबार १४ अर्बभन्दा माथि

चालु आवको अन्तिम दिन ३४.६१ अंकले बढ्यो नेप्से, कारोबार १४ अर्बभन्दा माथि

बुधवार , आषाढ ३२, २०८२

काठमाडौं। आर्थिक वर्ष २०८१/८२ को अन्तिम दिन सेयर बजार उत्साहजनक वृद्धि भएको छ ।

आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३४.६१ अंकले बढेर २७९४.७८ को विन्दुमा पुगेर बन्द भएको छ। योसँगै बजार पुँजीकरण ४६ खर्ब ५६ अर्ब ६९ लाख रुपैयाँ कायम भएको छ ।

बजार परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भई १४ अर्ब रुपैयाँ नाघेको छ । वर्षान्तको ह्याङओभर सकिएको, उत्साहजनक मौद्रिक नीति र बैंक तथा वित्तीय संस्थाको घट्दो ब्याजदरका कारण बजार परिसूचक बढेको हो ।

आज बजारमा कारोबारमा आएका कुल २४८ कम्पनीमध्ये १९३ वटाको सेयर मूल्य बढेको छ भने ५५ वटाको मूल्य घटेको छ।

व्यापारबाहेक सबै समूहका सूचक बढेका छन् । विकास बैंक सबैभन्दा धेरै ३.८६ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ १.५९, फाइनान्स ०.७५, होटल तथा पर्यटन ०.५९, हाइड्रोपावर १.२८, लगानी ०.५२, जीवन बीमा ०.६६, उत्पादन तथा प्रशोधन १.३९, माइक्रोफाइनान्स १.८५, निर्जीवन बीमा १.८५, अन्य ०.३३ प्रतिशत बढे । व्यापार भने ०.१८ प्रतिशत घट्यो ।

आज दिनभरिमा कुल १४ अर्ब ३ करोड ४८ लाख रुपैयाँ बराबरका सेयर खरिदबिक्री भएका छन् । कारोबार रकमका आधारमा आज बुटवल पावर कम्पनी सबैभन्दा अगाडि रह्यो। सो कम्पनीको ६१ करोड ८७ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो।

त्यसैगरी, राधी जलविद्युत कम्पनीको ५६ करोड ६९ लाख र शिवम् सिमेन्टको ३९ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज कुमारी बैंकको डिवेञ्चरमा र थ्रिस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढ्यो। यसैगरी, ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८.४१ प्रतिशत एनआईबीएल स्ट्याबल फण्डका लगानीकर्ताले ८.३० प्रतिशत कमाएका छन्। आज बजारमा माइखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ७.८७ प्रतिशतले घटेको छ ।

समग्र बजार र कारोबार बढ्दै गर्दा आज सबैभन्दा धेरै वृद्धि विकास बैंक समूहमा भएको छ । उक्त समूहमा ३.८६ प्रतिशतको वृद्धि भएको हो । ट्रेडिङ समूह भने आज सामान्य अंकले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077