Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमएडब्लु फाउण्डेसनद्वारा काठमाडौं प्रहरीलाई विपद् उद्दारका सामाग्रीहरू हस्तान्तरण

एमएडब्लु फाउण्डेसनद्वारा काठमाडौं प्रहरीलाई विपद् उद्दारका सामाग्रीहरू हस्तान्तरण

मंगलवार , आषाढ ३१, २०८२

काठमाडौं । एमएडब्लु ग्रुपअन्तर्गतको एमएडब्लु फाउन्डेसनले जिल्ला प्रहरी परिसर काठमाडौंलाई विपद् उद्दारका विभिन्न सामाग्रीहरू हस्तान्तरण गरेको छ ।

जिल्ल्ला प्रहरी परिसर काठमाडौंमा आयोजित एक कार्यक्रममा एमएडब्लु फाउन्डेसनकी कार्यकारी निर्देशक तुलिका अग्रवालले परिसर प्रमुख एसएसपी विश्व अधिकारीलाई विपद् उद्दारका सामाग्रीहरू हस्तान्तरण गरेकी हुन् ।

वर्षातका बेला जनताको जीउ ज्यनको सुरक्षाको जिम्मेवारी बोकेको प्रहरीलाई प्रदान गरिएको विपद् उद्दारका सामाग्रीहरूले टेवा पुग्ने फाउण्डेसको विश्वास रहेको छ ।

‘कोरोनाको महामारीका बेला कर्तव्यपालनमा अहोरात्र खटिरहनु भएका ट्राफिक प्रहरीलाई फेससिल्ड र मास्क प्रदान गरेको फाउण्डेसनले थानकोटस्थित श्री अरबिन्द योग मन्दिरमा बसोबास गर्ने बालबालिकाको खाद्यान्न र स्टेशनरीका लागि आर्थिक सहयोग गरेको थियो।

एमएडब्लु फाउन्डेसन एमएडब्लु ग्रुपले गर्दै आएको सामाजिक कार्य बढावा दिने र व्यवस्थापन गर्ने उद्देश्यसहित स्थापना भएको सामाजिक संस्था हो।

यसको उद्देश्य समुदायको हित र सर्वसाधारणको मुहारमा मुस्कान ल्याउनु रहेको फाउण्डेसनले जनाएको छ ।

कार्यक्रममा नेपाल लाईफ इन्सुरेन्सले इन्टरयाक्टिभ स्मार्ट बोर्ड हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077