Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, ८ अर्ब १७ करोड कारोबार

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, ८ अर्ब १७ करोड कारोबार

सोमवार , आषाढ ३०, २०८२

काठमाडौं । सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । मौद्रिक नीतिपछिको पहिलो कारोबार दिन हिजो दोहोरो अङ्कले बढेको शेयर बजार आज दोहोरो अङ्कले नै घटेको हो ।

शेयर बजार परिसूचक नेप्से आज ३५ दशमलव ०९ अङ्कले घटेर २ हजार ७ सय २५ दशमलव ७१ विन्दुमा झरेको छ । आज जलविद्युत् बाहेक सबै समूहको शेयर घटेकोमा बैंकिङ समूहको शेयर झन्डै साढे २ प्रतिशतले ओरालो लागेको छ ।

आज सामुदायिक लघुवित्त र धौलागिरि लघुवित्त कम्पनीको शेयर झन्डै साढे ४ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन माई खोला हाइड्रोपावर र कुमारी बैंकको डिबेन्चर २०९० झन्डै ६ प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ११ अर्ब ४१ करोडको कारोबार भएकोमा आज ३ सय २१ वटा कम्पनीका २ करोड ११ लाख कित्ता शेयर ८ अर्ब १७ करोड रुपैयाँमा किनबेच भएको छ । नेपाल राष्ट्र बैंकले लचक मौद्रिक नीति सार्वजनिक गरेको दोस्रो कारोबार दिनमै नेप्से सूचकमा गिरावट आएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077