काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नीति तथा कार्यक्रम र बजेट पूर्ण कार्यान्वयनका लागि सामूहिक प्रतिबद्धताको आवश्यकता पर्ने बताएका छन् ।
आइतबार बसेको १७ औं नगरसभामा आगामी आर्थिक वर्ष २०८२र०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर शाहले यस्तो बताएका हुन् ।
‘मेयर शाहले भने–‘नीति तथा कार्यक्रम र बजेट पूर्ण रुपमा कार्यान्वयन गर्न हामी सबैको सामूहिक प्रतिबद्धता र सोही बमोजिम क्रियाशिलता आवश्यक हुन्छ ।
उनले यसअघि प्राप्त साथ, सहयोग र समन्वयका लागि धन्यवाद ज्ञापन पनि गरे ।
उनले भने–‘महानगरवासी, नागरिक समाज, विभिन्न तहका नीजि क्षेत्र, महानरगरका जनप्रतिनिधि तथा कर्मचारीको सक्रिय सहभागीता अपेक्षा गर्दै हालसम्म प्राप्त साथ, सहयोग र समन्वयका लागि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।’
संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नु पर्ने भए पनि काठमाडौं महानगरभित्रको आन्तरिक द्वन्द्वले ढिला भएको हो ।
बालबालिकाको सुरक्षाका लागि अस्थायी संरक्षण गृह स्थापना हुने
काठमाडौं महानगरपालिकाले जोखिममा परेका तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाका लागि अस्थायी संरक्षण गृह स्थापना गर्ने घोषणा गरेको छ।
आइतबार प्रस्तुत नीति तथा कार्यक्रममा मेयर बालेन साहले बालअधिकारको पूर्ण सुनिश्चितता गर्ने प्रतिबद्धता जनाउँदै यस्तो गृह सञ्चालनमा ल्याइने बताए।
महानगरले हिंसामा परेका, पीडित र सडकमा बसोबास गर्न बाध्य बालबालिकालाई तत्काल सुरक्षा दिने उद्देश्यसहित संरक्षण गृह सञ्चालन गर्न लागेको हो ।
यसबाट बालबालिकाको उद्धार, संरक्षण र पुनर्स्थापना कार्य प्रभावकारी हुने अपेक्षा गरिएको छ।
‘एक वडा, एक उत्पादन’ नीतिलाई निरन्तरता
काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२र८३ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘एक वडा, एक उत्पादन’ नीतिलाई थप परिस्कृत गर्दै निरन्तरता दिने घोषणा गरेको छ ।
शुक्रबार नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर शाहले समावेशी उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यसहित इन्कुबेसन सेन्टर, बिउ पूँजी अनुदान कार्यक्रम र सहकारी सुधार योजनालाई पनि अगाडि बढाइने बताएका हुन् ।