काठमाडौं । लगातार दुई दिन घटेको नेप्से परिसूचक आज भने बढेको छ । आज नेप्से २२.०४ अंकले बढेर २७०५.९० विन्दुमा बन्द भएको छ।
मंगलबार नेप्से परिसूचक ०.१४ अंकले घटेर २६८३.८६ विन्दुमा पुगेको थियो भने सोमबार २२.३५ अंक घटेरे २६८४.०१ अंकमा कायम भएको थियो ।
आज सात अर्ब ४५ करोड १८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ। मंगलबार ६ अर्ब ५७ करोड रुपयाँको सेयर खरिदबिक्री भएको थियो।
यस दिन १९९ कम्पनीको सेयरमूल्य बढेको छ। यस्तै, ४९ कम्पनीको सेयरमूल्य घटेको छ। बरुण हाइड्रोपावर लिमिटेडको सेयरमूल्य ६।२१ प्रतिशतले बढेको छ। ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य आज ४.४१ प्रतिशतले घटेको छ।
कारोबारमा आएका १३ मध्ये फाइनान्स र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ। बाँकी समूहको परिसूचक बढेको छ।
फाइन्स समूहको परिसूचक ०.३८ प्रतिशत र म्युचुअल फन्ड समूहको परिसूचक ०.०१ प्रतिशतले घटेको छ। वाणिज्य बैंक समूहको परिसूचक १.६८ प्रतिशतले बढेको छ।